सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरका २ जना लागूऔषधसहित पक्राउ

२०८२ चैत्र ९, ०९:०७ खबर संवाददाता

धनगढीः कैलालीको टीकापुरका २ जना लागूऔषधसहित पक्राउ परेका छन्।

टीकापुर नगरपालिका–९ बाट लागूऔषध खैरो हिरोईन २ ग्राम ४०० मिलिग्रामसहित २ जनालाई आईतवार साँझ प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा सोही नगरपालिका १ बस्ने ३० वर्षीय सागर रावल र १९ वर्षीय जिबन कुवँर रहेका छन्।

इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी सत्ति, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सुदूरपश्चिम प्रदेश ०१–००८ प ८४७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, मोटरसाइकलसहित दुवै जनालाई पक्राउ गरेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस