सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका पाँच निर्वाचन क्षेत्रमा ५५.४ प्रतिशत मतदान

२०८२ फाल्गुन २१, ०८:१३ जयन्त सिंह भाट

धनगढीः प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत कैलाली जिल्लाका पाँच निर्वाचन क्षेत्रमा कुल ५५.४ प्रतिशत मतदान भएको छ। जिल्लामा रहेका ५ लाख ५० हजार ८३३ मतदातामध्ये ३ लाख ५ हजार १२२ जनाले मतदान गरेका छन्।

तथ्यांक अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ६ हजार ८९१ मतदातामध्ये ५८ हजार ६१ मत खसेका छन्। यस क्षेत्रमा ३१ हजार ८४२ महिला र २७ हजार १९९ पुरुषले मतदान गरेका छन्। यहाँ ५५ मतदान स्थल र १२६ मतदान केन्द्र रहेका थिए।

निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ७ हजार ५४७ मतदातामध्ये ५६ हजार ७९० मत खसेका छन्। महिला ३१ हजार ६९८ र पुरुष २५ हजार ४५२ जनाले मतदान गरेका छन्। यस क्षेत्रमा ५१ मतदान स्थल र १२४ मतदान केन्द्र तोकिएका थिए।

निर्वाचन क्षेत्र नम्बर ३ मा १ लाख ९१ हजार ९२२ मतदातामध्ये ६० हजार २२४ मत खसेका छन्। यस क्षेत्रमा ३२ हजार ६३० महिला, २७ हजार ५९२ पुरुष र २ जना अन्यले मतदान गरेका छन्। यहाँ ५५ मतदान स्थल र १२७ मतदान केन्द्र रहेका थिए।

निर्वाचन क्षेत्र नम्बर ४ मा १ लाख ११ हजार ९७३ मतदातामध्ये ६० हजार ३४८ मत खसेका छन्। महिला ३१ हजार २५६ र पुरुष २९ हजार ७८८ जनाले मतदान गरेका छन्। यहाँ ५७ मतदान स्थल र १३६ मतदान केन्द्र रहेका थिए।

निर्वाचन क्षेत्र नम्बर ५ मा १ लाख १० हजार ३९१ मतदातामध्ये ६९ हजार ६९९ मत खसेका छन्। यस क्षेत्रमा ३४ हजार ४९५ महिला, ३५ हजार ५८४ पुरुष र २ जना अन्यले मतदान गरेका छन्। यहाँ ३९ मतदान स्थल र १२८ मतदान केन्द्र तोकिएका थिए।

जिल्लाभर बिहानैदेखि मतदाताको उत्साहजनक सहभागिता देखिएको थियो भने मतदान अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ।

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस