सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी-१३ कैलाली गाउँमा दुई समूहबीच झडप, १२ जना नियन्त्रणमा, केहि प्रहरी समेत घाइते

२०८२ फाल्गुन १९, ०८:३४ जयन्त सिंह भाट

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा दुई समूहबीच झडप भएको छ। मङ्गलबार साँझ केटाहरूको समूहबीच भएको झडपमा केही व्यक्ति घाइते भएका छन् भने प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार झडपको कारणबारे हालसम्म विस्तृत विवरण प्राप्त भएको छैन।

झडप नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थियो। सो क्रममा झडपमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिने क्रममा केही प्रहरीसमेत घाइते भएका छन् भने प्रहरीको एक गाडीमा सामान्य क्षति पुगेको छ। हाल घटनास्थलमा शान्ति–सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपीको नेतृत्वमा प्रहरी टोली खटिएको छ।

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस