सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुन तोलामा ४ हजार ३ सयले बढ्यो, चाँदीको मूल्य पनि उकालो

२०८२ फाल्गुन ७, ११:२२ खबर संवाददाता

काठमाडौंः नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन बुधबार सुन प्रतितोला ३ लाख ४ सय रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढेको हो।

महासंघका अनुसार आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ६१ हजार २ सय ३० रुपैयाँ तोकिएको छ। बुधबार प्रतिदश ग्राम २ लाख ५७ हजार ५ सय ४५ रुपैयाँ रहेको थियो।

चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँ पुगेको छ भने बुधबार ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो। प्रतिदश ग्राम चाँदीको मूल्य आज ४ हजार ३ सय ३८ रुपैयाँ कायम भएको छ, जुन बुधबार ४ हजार १ सय ८४ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावको प्रभावले नेपाली बजारमा सुनचाँदीको मूल्यमा परिवर्तन आएको महासंघले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस