सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौँमा पैदलयात्रीलाई कुट्ने बम बैतडीका भएको खुलासा!

२०८२ फाल्गुन ५, ०५:३५ खबर संवाददाता

काठमाडौँ:  काठमाडौँमा पैदलयात्रीलाई मुक्का हान्ने कारचालक ठेगाना खुलेको छ। काठमाडौँ प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक प्रविण धितालले मुक्का र झापड हान्ने व्यक्तिको ठेगाना बैतडीको तत्कालीन हाट गाविस रहेको बताएका छन्।

काठमाडौँको चप्पल कारखानानजिक एक कारचालकले पैदलयात्रीमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर १ स्थायी ठेगना बताउने पारस बमलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी धितालले बमलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गरे।

काठमाडौँको चप्पल कारखाना नजिक एक कार चालकले पैदलयात्रुमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

भिडियोमा चालकले गाडीबाट झरेर पैदलयात्रीलाई मुक्का प्रहार गरेको दृश्य देखिन्छ। उनीसँगै गाडीबाट झरेर एक महिलाले पनि  पैदलयात्रीलाई कराएको दृश्य छ। 
 

कमेन्ट लोड गर्नुस