बैतडीमा बसबाट खसेर वृद्धको मृत्यु
बैतडी: बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोला स्थित दशरथचन्द राजमार्गमा बसबाट खसेर एक वृद्धको मृत्यु भएको छ।
महेन्द्रनगरबाट बैतडीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १०१७ नम्बरको बसको ढोकाबाट खस्दा दशरथचन्द नगरपालिका–४ त्रिपुरा बस्ने ६५ वर्षीय पदमराज भट्ट गम्भीर घाइते भएका थिए।
घाइते भट्टलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न बस र चालक पाटन नगरपालिका–८ हरिचन बस्ने ३२ वर्षीय दशरथ महरालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ।