सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेलधुरामा काँग्रेस बीपीको घोषणाः यसपटक निर्वाचनमा अरुलाई समर्थन

२०८२ माघ २९, ०१:०९ खबर संवाददाता

डडेलधुराः नेपाली काँग्रेसबाट छुट्टिएर गएको नेपाली काँग्रेस बीपीले यसपटक निर्वाचनमा कसलाई सघाउने भन्ने चाँडै निर्णय गर्ने बताएको छ।

पार्टीका जिल्ला सभापति भरत नेपालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, 'बीपी काँग्रेसका केन्द्रीय वरिष्ठ उपसभापति एवं नेपाली काँग्रेस डडेलधुराका पूर्वसभापति कर्णबहादुर मल्ल जिल्लामा आइपुगेपछि छलफल हुने र सोही अनुसार न्यायको पक्षमा निर्णय लिइनेछ।'

नेपाली काँग्रेस डडेलधुरामा लगातार दुईपटक पार्टी सभापति बनेका कर्णबहादुर मल्लको समूहले पार्टीभित्र विद्रोह गरी बीपी काँग्रेसमा आबद्ध भएका थिए।

कमेन्ट लोड गर्नुस