सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनचाँदीको मूल्य पुनः वृद्धि

२०८२ माघ २५, ११:२९ रासस

काठमाडौँः स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। शुक्रबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार १० कायम भएको छ। 

शुक्रबार एक तोला छापावाल सुन रु दुई लाख ९१ हजार  र त्यति नै परिमाणको चाँदी  रु चार हजार ७१० मा कारोबार भएको थियोभने बिहीबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार २०० र त्यति नै तौलको चाँदी रु चार हजार ९८० मा खरिदबिक्री भएको थियो। 

यसैगरी, गत बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख चार हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार ६०० कायम भएको थियो भने मङ्गलबार एक तोला छापावाल सुन दुई लाख ९० हजार ३०० र चाँदी रु पाँच हजार ३३५ मा किनबेच  भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ४६७ र त्यति नै परिमाणको सेतो धातु ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 
 

कमेन्ट लोड गर्नुस