सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘इभी हाइस’ दुर्घटनामा चालकको मृत्यु

२०८२ माघ २५, ०८:३४ रासस

दशरथचन्द: बैतडीमा सवारी साधन ‘इभी हाइस’ दुर्घटना हँुदा चालकको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–३ खोचलेकबाट कालागाउँतर्फ गइरहेको सुपप्र ०२–००१ ज ०६२४ नम्बरको सो सवारी साधन सिल्लेगडा–बडिया सडकखण्डको घोडेधारनजिक गए राति दुर्घटनामा परेको हो।

सो सवारी साधनका चालक दोगडाकेदार–५ का गम्भीर घाइते भएका मदन ठगुन्नाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेव बडूले जानकारी दिए।

सो सवारीसाधनमा चालकमात्र सवार रहेका थिए। दुर्घटनाग्रस्त सो गाडी सडकबाट २५० मिटर तल खसेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस