सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्तीको बस दुर्घटना भएको बैतडीको सडक २०४८ मा शिलान्यास, ३४ वर्षसम्म स्तरोन्नतिसमेत भएन

२०८२ माघ २५, ०७:५९ नारायण अवस्थी

धनगढी: माघ २२ गते बिहिवार बैतडीको पुर्चौडी नगरपालिका–७ स्थित वडूगाउँ घुम्तीमा जन्ती बोकेको बस दुर्घटना हुँदा१३ जनाको ज्यान गएको छ भने ४५ जनाभन्दा बढी घाइते भएका छन्।
बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ फर्किरहेको बस बिहीवार अपराह्न ७स्३० मा दुर्घटनामा परेको थियो।
जन्ती बोकेको पवनदूत यातायातको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो।

बस दुर्घटना भएको स्थान श्रीभावर-पुर्चौडी हाट सडकखण्डमा पर्छ। यो सडक आजभन्दा ३४ वर्ष अगाडि शिलान्यास भएको हो। बैतडी(७ घर भइ हाल धनगढी बस्दै आएका धर्मराज जोशीले बस  दुर्घटना  भएको बाटोको उद्घाटन २०४८ सालमा भएको र आफू त्यो बेला ८ बर्षको थिएँ, भन्ने उल्लेख गरेका छन्। उनले अगाडि लेखेका छन्, अहिले ४० बर्षको भएँ कालोपत्रे भएको छैन। यसको जिम्मेवार कोरु सडक अहिलेसम्म स्तरोन्नतिसमेत किन भएन?

सडक शिलान्यास भएर काम सुरू भएको  ३४ वर्ष पूरा भएको छ। सडक शिलान्यास भएको साल जन्मेको व्यक्तिको आधा उमेर गइसक्दा पनि करिब १७ किलोमीटर सडकको अवस्था नाजुक छ। कालोपत्र त परको कुरा सडक पूर्णरूपमा स्तरोन्नति हुन सकेको छैन। यद्यपि उक्त सडकको श्रीभावरतर्फको केही भाग भने गत वर्ष मात्रै कालोपत्र भएको छ।

अहिले सुदूरपश्चिम प्रदेश सरकार मातहतको प्रदेश गौरवको सात वटा सडकमध्ये एक सडक श्रीभावर( पुर्चौडी हाट सडक पनि पर्छ। सुरूमा ड्रिलिप नामक संस्थाले सडकको ट्र्याक खोलेको थियो।
प्रदेश सरकार गठन भएपछि यो सडक प्रदेश सरकार मातहत आएको हो।

सडकको ग्रेड नै मिलेको छैन्
पुर्चौडी नगरपालिका(७ बडूगाउँमा हाट जाने दुई सडक छन्, एक सडक अवस्थीगाउँ( मल्लादेही हुँदै हाट पुग्छ भने अर्को सडक बडूगाउँ खोलाबाट तल, बस दुर्घटना भएको घुम्ती हुँदै कोटेली बडूगाउँ र अवस्थीगाउँको तल्तिरबाट हाट पुग्छ। यो सडकमा नेपालको सडक मापदण्डअनुसारको ग्रेड मिलेको छैन। बस दुर्घटना भएको घुम्तीमा सडक ग्रेड नै नमिलेको इन्जिनियर विनोद जोशीले बताए। सर्भे डिजाइन नै नगरी डोजर लगाएर हचुवाको भरमा सडक निर्माण गरिएकाले ग्रेड नमिलेको इन्जिनियर जोशीको दाबी छ।

बस दुर्घटना भएको घुम्तीमा सडको ग्रेड मिलेको छैन। नेपालको सडकको मापदण्डअनुसार अधिकतम ग्रेड १२ प्रतिशत हुनुपर्नेमा बस दुर्घटना भएको स्थानमा सडकको ग्रेड २५ प्रतिशतभन्दा बढी छ, उनले भने, ग्रेड बढी हुनासाथ गाडीको लोड तान्ने क्षमता कम हुने र दुर्घटनाको जोखिम हुन्छ। इन्जिनियर जोशीले अगाडि भने, ूबस खसेको ठाउँमा सडक र सडक घुम्तीको चौडाइ मापदण्डभन्दा निकै कम भएको छ। यस्तो अवस्था बस ल्याउँदा र लैजाँदा व्याक गरेर घुम्ती मोड्नुपर्ने हुन्छ। यदि चालकले घुम्तीको अवस्थाअनुसार बस ब्याक गर्न नसके गाडी खस्ने जोखिम हुन्छ,ू इन्जिनियर जोशीको भनाइ छ।

 इन्जिनियर जोशीले सम्बन्धित निकायले मापदण्डअनुसारको सडकको स्तरोन्नति गर्नुपर्ने बताए।
बस दुर्घटनाका प्रत्यक्षदर्शी बझाङको बित्थडचिर(७ धामीगाउँका कृष्णदत्त जोशीले घुम्तीबाट बस सिँधै तल खसेको बताए। उनले चालकले साँघुरो घुम्तीमा बस चढाउन, ब्याक गर्न खोज्दा सडक ठाडो र घुम्ती साँघुरो भएका कारण बस ओट लगाउँदा समेत थाम्न नसकिएको बताए।

चालकले सडकको अवस्थाबारे ध्यान नदिँदा, बसमा क्षमताभन्दा बढी यात्रु हुनु आदि कारणले पनि बस दुर्घटना भएको अनुमान दुर्घटनामा घाइते भएर हाल डडेल्धुरा अस्पतालमा उपचार गराइरहेकी पुर्चौडी-७ अवस्थी गाउँकी चन्द्रा अवस्थीको भनाइ छ।

जन्तीको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ भने ४५ जना घाइते सोही दिन डडेल्धुरा अस्पताल र देउवा स्वास्थ्य केन्द्रमा भर्ना भएका थिए। उक्त घटनामा थप चार जना घाइते भएको बताइएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस