सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीस्थित दून एकेडेमीमा ६ दिने खेलकुद सप्ताह सम्पन्न

२०८२ माघ १३, ०८:३१ खबर संवाददाता

धनगढी: धनगढी–३, भन्सार रोडमा रहेको दून एकेडेमीले शैक्षिक सत्र २०८२ का अवसरमा विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि आयोजना गरेको ६ दिने खेलकुद सप्ताह कार्यक्रम सम्पन्न गरेको छ। समापन कार्यक्रम विद्यालयका प्रधानाध्यापक आर.पी. उपाध्यायको अध्यक्षतामा भएकाे थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाध्यापक उपाध्यायले खेलकुद शारीरिक तथा मानसिक स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे। उनले खेलकुदले अनुशासन, सामूहिक भावना र आत्मविश्वास विकास गर्नुका साथै नियमित खेलकुदले शरीर तन्दुरुस्त राखी जीवनमा सकारात्मक सोचको विकासमा सहयोग पुग्ने बताए।

खेलकुद सप्ताहमा कक्षा ३ देखि ८ सम्मका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। विद्यालयको खेलमैदानमा विभिन्न खेलकुद गतिविधिहरू सञ्चालन गरिएका थिए, जसअन्तर्गत छात्र तथा छात्रातर्फ १०० मिटर दौड र छात्रातर्फ हाउसवाइज पेनाल्टी सुटआउट प्रतियोगिता सम्पन्न भएको थियो।

खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा समूहहरूलाई प्रधानाध्यापकद्वारा पुरस्कार वितरण गरिएको छ।

कमेन्ट लोड गर्नुस