बालेन शाह धनगढी आइपुगे, भेटघाट र अभिवादन कार्यक्रम तय
धनगढी: चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज धनगढी आइपुगेका छन्।
आजै दिउँसो १ बजे अत्तरियास्थित रास्वपाको पार्टी कार्यालयमा संक्षिप्त भेटघाट कार्यक्रम आयोजना गरिएको छ।
त्यसपछि दिउँसो २:३० देखि ३:३० बजेसम्म धनगढी बजारमा आयोजित स्वागत तथा अभिवादन कार्यक्रममा शाह सहभागी हुने कार्यक्रम तय गरिएको छ।
कैलालीको कार्यक्रम सकेर नेता शाह अपराह्न ३:३० बजे कञ्चनपुर प्रस्थान गर्ने छन् । कञ्चनपुरमा उनले पुनर्वास चोक, झलारी र महेन्द्रनगर बजारमा आयोजना हुने कार्यक्रमहरूलाई सम्बोधन गर्ने छन्।