सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा राष्ट्रियसभा निर्वाचनको तयारी

२०८२ माघ १०, ०५:५० खबर संवाददाता

धनगढीः आइतबार हुने राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिममा तयारी पूरा भएको छ। अस्थायी राजधानी धनगढीमा रहेको राष्ट्रिय सभा निर्वाचन अधिकृतको कार्यालयमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखका लागि छुट्टाछुट्टै बुथ निर्माण गरिएको छ ।

राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा ५३ प्रदेशसभा सदस्यमध्ये ५१ जनाले मतदान गर्नेछन् । प्रदेशसभा सदस्य दीर्घ सोडारी भष्ट्रचार काण्डका कारण निलम्बनमा हुनुहुन्छ । प्रदेश सभा सदस्य डा. तारा जोशी प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका छन् । त्यस्तै ८८ वटा स्थानीय तह रहेको सुदूरपश्चिम प्रदेशमा १७६ जना प्रमुख–उप प्रमुखमध्ये १७३ जनाले मात्र मतदान गर्न पाउने सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले जानकारी दिए। उनले भोलि विहान ९ बजेदेखि ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको बताए। 

राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिममा २ पदका लागि ४ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । नेपाली काँग्रेसको तर्फबाट बाजुराका खम्मबहादुर खातीले उम्मेद्वारी दर्ता गरेका छन् । उनि महान्यायधिबक्ता पनि हुन् । यसैगरी नेकपा (एमाले) को तर्फबाट कैलालीकी लिला भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । उनि पार्टीको केन्द्रीय कमिटी सदस्य रहेका छन् । 

यसैगरी नेपाली कम्युनिष्ट पार्टिले रोजी बस्नेत सुनार र टिकाराम जैशीलाई उम्मेद्वार बनाएको छ । रोजी बस्नेत सुनार पूर्व एकीकृत समाजवादीका हुन् भने जैशी पूर्व माओवादीको हुन्। 

कमेन्ट लोड गर्नुस