कैलाली-४ मा रास्वपाका दुई जनाले गराए उम्मेदवारी दर्ता
धनगढीः फगुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुई जनाको उम्मेदवारी परेको छ। निर्वाचान अधिकृतको कार्यालयले सार्वजनिक गरेको उम्मेदवारहरुको सुचिमा रास्वपाबाट कैलाली ४ मा खेमराज कोइराला र हरि प्रसाद रेग्मीले मनोनयन दर्ता गराएका छन।
पहिले हरि प्रसाद रेग्मीले विहान निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएर उम्मेदवारी दर्ता गराएका थिए। त्यसपछि खेमराज कोइरालाले पनि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त जानकारी अनुसार एउटै दलको दुईवटा व्यक्तिलाई दलको औपचारिक पक्ष दिएकोले मेनुअल दर्ता गरिएको जनाईएको छ।