सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरले ५७६ छात्रालाई जुठे दमाई छात्रवृत्ति वितरण गर्दै

२०८२ पुष १३, ११:४२ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरपालिकाले जुठे दमाई छात्रवृत्ति वितरण गर्न थालेको छ। आइतवारदेखि उपमहानरपालिकाले वार्षिक निति तथा कार्यक्रमअनुसार आर्थिक वर्ष २०८२/०८३ को जुठे दमाई छात्रवृत्ति वितरण गर्न थालेको हो।

धनगढी- १६ मा रहेको शिव माध्यमिक विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययनरत दलित छात्राहरूलाई  उप-प्रमुख कन्दकलाकुमारी राना, वडा अध्यक्ष रामलाल चौधरी र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले शैक्षिक सामाग्री वितरण गरेका हुन्। जुठे दमाई छात्रवृत्ति अन्तर्गत धनगढीका सामुदायिक विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययनरत दलित छात्राहरूलाई शैक्षिक सामग्री प्रदान गरिने उपमहानरपालिकाले जनाएको छ।

यो वर्ष जुठे दमाई छात्रवृत्ति कार्यक्रमअन्तर्गत धनगढीका सामुदायिक विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययनरत ५७६ जना दलित छात्रालाई शैक्षिक सामग्री वितरण गरिने शिक्षा माहाशाखा प्रमुख घुम्मनसिंह बडायकले जानकारी दिए। उनीहरूलाई झोला, एक दर्जन कापी र एक दर्जन कलम प्रदान गरिने छ। आइतवार धनगढी-१६ रामपुरमा रहेको शिव माध्यमिक विद्यालयबाट शैक्षिक सामग्री वितरण कार्य सरू गरिएको हो। उपमहानरपालिकाले १९ वटै वडाका सबै सामुदयिक विद्यालयमा अध्ययनरत दलित छात्राहरूलाई शैक्षिक सामग्री वितरण गर्ने जनाएको छ।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस