सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको बित्थडचिर गाउँपालिकाका पूर्व हाकिमसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ पुष ४, ११:५१ खबर संवाददाता

धनगढी: बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जना विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले खेलमैदान निर्माणमा गैरकानुनी लाभ लिएर नेपाल सरकार तथा बित्थडचिर गाउँपालिकालाई गैरकानुनी हानि नोक्सानी पुर्‍याउने काम गरेको ठहर गर्दै उनीहरू विरुद्ध  पुस २ गते विषेश अदालतमा मुद्दा दायर गरेको हो।

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट, तत्कालीन सब-इन्जिनियर गणेशराज उपाध्याय र तत्कालीन लेखापाल हर्कदेव जोशीले बित्थड-१ मा खेलमैदान निर्माण योजनामा भ्रष्टाचार निवारण ऐन, २०५९ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसूरमा चौध लाख ६६ हजार ५०३ रुपैयाँ ९२ पैसा कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिमको जरिवाना गरी बिगो असूल उपर हुन मागदाबी गरिएको छ।

यस्तै, अख्तियारले मिलेमतो गरेर आर्थिक लाभ लिएको तथा राज्यलाई हानि नोक्सानी पुगाएको भन्दै खेल मैदान निर्माण तथा सुधार उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र बहादुर बोहरा, सचिव वीर बहादुर बोहरा र कोषाध्यक्ष निलम भण्डारीलाई विरुद्ध पनि १४ लाख ६६ हजार ५०३ रुपैयाँ ९२ पैसा कायम गरी मुद्दा दर्ता भएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कमेन्ट लोड गर्नुस