सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौँ: नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
आज भएको भेटमा उनीहरूबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको सभापति देउवाको सचिवालयले जनाएको छ।
भेटमा सभापति देउवा धर्मपत्नी एवं काँग्रेस नेतृ आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य सहभागी थिए। जेन्जी आन्दोलनपछि पहिलो पटक मुलुकका दुई ठुला दलका प्रमुखहरूको भेटवार्ता भएको हो।