सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनपिएलः साबिक विजेता जनकपुरको पहिलो जित

२०८२ मंसिर १६, ०४:०६ खबर संवाददाता

काठमाडौँ: राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा साबिक विजेता जनकपुर बोल्ट्स विजयी भएको छ। जनकपुरले चितवन राइनोजलाई ६ विकेटले हरायो।

जनकपुरको प्रतियोगितामा पहिलो जित हो। यसअघि लगातार चार खेल हारेको जनकपुरले आज दुई अङ्क जोड्यो। चितवनले भने पाँच खेलबाट दुई खेल मात्रै जितेको छ। जितका लागि पाएको १७७ रनको लक्ष्य १७.३ ओभरमा चार विकेटको क्षतिमा पूरा ग¥यो। यसमा माज सदाकत र अनिल साहले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक जोडे। माजले ६३ र अनिलले ६१ रन बनाए।

बलिङतर्फ चितवनका कमलसिंह ऐरी, साहिल तनवीर र अमरसिंह रौटेलाले एक÷एक विकेट लिए। यसअघि त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनले टस जितेर ब्याटिङ पहिला ब्याटिङ गरेकामा  निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १७६ रन बनायो। जसमा ओपनरद्वय डेविड मलान र अर्जुन साँउदले अर्धशतक हिर्काए। मलानले ८० र अर्जुनले ५२ रनको योगदान गरे। यी दुवै ब्याटरबीच ११२ रनको शतकीय साझेदारी समेत भयो।

जनकपुरका अनिल शाह, रूपेश सिंह, माज सदाकत र जान निकोल लोफ्टी–इटनले एक÷एक विकेट लिए। आजै अपराह्न ४ः०० बजे दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन्।

यसैबीच जनकपुर बोल्ट्सका ब्याटर अनिल साहले आजको खेलमा अर्धशतक बनाएका छन्। जारी प्रतियोगितामा अर्धशतक प्रहार गर्ने उनी २१औँ खेलाडी हुन्।  

चितवन राइनोजकाविरूद्ध उनले २८ बलमा तीन छक्का र दुई चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन्। दोस्रो संस्करणको एनपिएलमा हालसम्म २५ अर्धशतक प्रहार भएका छन्।
 

कमेन्ट लोड गर्नुस