कांग्रेसको १५ औँ महाधिवेशन पुस २६ देखि २८ सम्म काठमाडौंमा हुने
२०८२ मंसिर १५, ०४:१९
काठमाडौं: नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आगामी २६ देखि २८ पुससम्म गर्न प्रस्ताव गरिएको छ । डेढ महिनासम्म चलेको बैठकलाई बिट मार्दै सोमबार बसेको केन्द्रीय समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका हुन् ।
बैठकमा सहभागी केन्द्रीय सदस्य डिला संग्रौलाका अनुसार महाधिवेशन २६ देखि २८ पुसमा काठमाडौंमा हुने प्रस्ताव गरिएको छ ।
कमेन्ट लोड गर्नुस