सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रमुख शक्ति भएर देशको नेतृत्व छौंः नेता रावल

२०८२ मंसिर १३, ०७:१८ खबर संवाददाता

कैलालीः नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले आगामी फागुन २१ गते हुने निर्वाचनमा प्रमुख राजनीतीक शक्ति भएर देशको नेतृत्व गर्ने बताएका छन्। 

नेपाली कम्युनिस्ट पार्टीले सुरु गरेको प्रदेशस्तरीय ‘सन्देश सभा’ अभियानको पहिलो कार्यक्रमलाई धनगढीमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफ्नो पार्टी पूर्ण निर्वाचनको रूपमा तयार रहेको बताउदै तोकिएकै समयमा स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने बताए।

आगामी निर्वाचनमा सुदूरपश्चिमबाट नेपाली कम्युनिष्ट पार्टी एक नम्बर हुने दाबी समेत गरे। उहाँले नेपाली कम्युनिस्ट पार्टी सुदूरपश्चिमबाट एक नम्बरमा आयो आयो भन्ने सन्देश अहिलेको सभाले दिएको उल्लेख गरे। एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी शासनले गर्दा मुलुकले दुर्घटना व्यहोर्नु परेको उनको भनाइ छ। सन्देशसभा सुरु हुनुअघि नेपाली कम्युनिष्ट पार्टीले धनगढीको दुई ठाउँबाट ¥याली निकालेको थियो। चौराहा र क्याम्पस चोकबाट निकालिएको ¥याली धनगढी रङ्गशालामा पुगेर सभामा परिणत भएको थियो। 

कमेन्ट लोड गर्नुस