सुदूरपश्चिमबाट अख्तियारमा वन क्षेत्रका मुद्दा सबैभन्दा धेरै
धनगढीः अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रकाशित गरेको वार्षिक प्रतिवेदन, २०८२ मा सुदूरपश्चिमबाट बढी उजुरी परेका प्रमुख पाँच क्षेत्रमध्ये वन क्षेत्रका मुद्दा सबैभन्दा बढी परेको पाइएको छ।
प्रतिवेदनमा आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा वन तथा वातावरण क्षेत्रका मुद्दा सबैभन्दा बढी परेको उल्लेख गरेको छ।
आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेशबाट ८० मुद्दा दर्ता भएकामा वन तथा वातावरण क्षेत्रका २५ मुद्दा रहेको तथ्याङ्क छ। यस्तै, प्रमुख पाँच विषयग क्षेत्रमा स्वास्थ्य क्षेत्रको ४ वटा, खानेपानीको १०, भौतिक पूर्वाधार तथा यातायातको ७, सिँचाइ एक तथा अन्य क्षेत्रका ३३ उजुरी दर्ता भएको पाइएको छ।
आर्थिक वर्ष २०८१/८२ मा भने सुदूरपश्चिमबाट अख्तियारमा ४६५ उजुरी दर्ता भएका छन्। जसमध्ये वन क्षेत्रको २४०, स्वास्थ्य क्षेत्रको ३९, खानेपानीको ३१, भौतिक पूर्वाधार तथा यातायातको ३३, सिँचाइको ३८ तथा अन्य क्षेत्रको ८४ उजुरी परेको प्रतिवेदनमा उल्लेख छ।
सुदूरपश्चिमबाट आर्थिक वर्ष २०८१/८२ मा संघ सरकारसँग सम्बन्धित ४२६ उजुरी दर्ता भएका छन् भने प्रदेश सरकारसँग सम्बन्धित ५५८ उजुरी तथा प्रदेशका ८८ पालिकाबाट एक हजार ६२२ उजुरीसहित दुई हजार ६१६ उजुरी दर्ता भएको प्रतिवेदनमा उल्लेख छ।