कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ
धनगढीः कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ बनकुरुवा क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका एक व्यक्तिलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा भिमदत्त नगरपालिका १८ भगतपुर बस्ने २९ वर्षिय अशोक चौधरी रहेका छन्।
शुक्रबार दिउँसो ३ बजे चेकजाँचका क्रममा प्रहरीले उनको साथबाट ६.९४ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारिएको जनाएको छ। इलाका प्रहरी कार्यालय बेलडाँडीले पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान गरिरहेको छ।