सुदूर नेपाललाई विश्वसँग जोड्दै

मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख लाभले गरे सपथ ग्रहण

२०८२ कार्तिक २५, ०४:१४ खबर संवाददाता

काठमाण्डौँः मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले कर्णलाई शपथ गराएका हुन्। 

सरकारले प्रदेशमा असंवैधानिक काम गरेको आरोप लगाउँदै सुमित्रा भण्डारीलाई हिजो बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्ती गरेको थियो । साथै बैठकले नयाँ प्रदेश प्रमुखमा कर्णलाई नियुक्त गरेको थियो ।

भण्डारीले महोत्तरीको एक होटलमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरी पद तथा गोपनीयताको शपथ गराएको घटना विवादित बनेको थियो ।

कमेन्ट लोड गर्नुस