सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको सहरा घरको कथा : आश्रय दिएर राखेका असहायको उपचारमा समस्या

२०७६ साउन १९, ०१:०६ जनक विष्ट

पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको बौनिया बजारदेखि झण्डै १० मिनेटको मोटरबाटोको यात्रा  पछि बर्दगोरिया गाउँपालिका वडा नम्बर २ को चुरे फेदमै रहेको सहरा घर पुगिन्छ। १० मिनेटको मोटर बाटोको यात्रा पछि बीहिबार बिहान सवेरै सहरा घर पुग्दा त्यहाँको दृष्य भिन्न थियो। अहिले त्यहाँ आश्रीत ४८ जना नै फरक–फरक प्रकृतिका छन् तर उनीहरु आँगनमा एक आपसमा मिलेर गोलवद्ध भएर लहरै बसेका थिए।

कोही आफैँ बोल्ने, कराउने, हाँस्ने छन् त त्यहाँ कोही बोल्न नै नसक्ने अवस्थाका समेत रहेका छन्। सहरा घरले उनीहरु मध्ये केहीलाई विभिन्न निकायको सहयोगमा हालै उद्दार गरेर त्यहाँ राखिएको छ भने केही त विगत दुई तीन वर्षदेखि नै त्यहाँ बस्दै आएका छन्।

उनीहरुमा अधिकांश सुदूरपश्चिम बाहिर र छिमेकी मुलुक भारत सहित तेस्रो मुलुकका पनि छन्। उनीहरु मध्ये अधिकांश मनोरोगी छन्, त कोही भने कतै सहरा नपाएपछि प्रहरी र स्थानीय निकायले सिफारिस गरी पठाएका छन्। स्वंयम संस्थाले समेत सडकबाट उद्दार गरेर ल्याएकाहरु पनि छन्।

सहारा घरमा आश्रय पाएपछि भने उनीहरुको अवस्था सुधार हुदै गएको छ तर केहीले भने बाहिरको मान्छे पुग्ने बितिकै विगतलाई सम्झीदै विरहका गीत सुनाउँन थाल्छन्। बौनियाकै बल बहादुर विष्ट दम्पत्तीले विस २०७० सालमा असहायका लागि सहयोगी हात सहरा घर नेपाल संस्था स्थापना गरेका हुन्।

२०७० सालमै बौनियाको सडकपेटीबाट एकजना प्रेम मनोरोगीको उद्दार गर्दै घरमै स्याहार सुसार गरी निको भएदेखि नै निरन्तर सेवामा खटिएको विष्ट दम्तीले बताउँछन्। स्थापना कालदेखि हाल सम्म मनोरोगी, वेसहारा, वेपत्ता तथा वेवारिसे अवस्थामा भेटिएका समेत गरी एक सय एक जनाको उद्दार गरिसकेको सहरा घरले ५३ जनाको घरपरिवारसंग पुर्न मिलन गराईसको छ।

असहायका लागि सहयोगी हात सहरा घर नेपालका अध्यक्ष बल बहादुर विष्टले एकजना प्रेम मनोरोगी सडकमा शरिरमा किरा परेर मरणासन्न अवस्थामा पुगेको स्थितीमा उद्दार गरी औषधी उपचार गर्दै मानव सेवामा सक्रिय भएको बताउँछन्।

उनले सुरुमा घरमै वेसहारा र सडक छापलाई आश्रय दिदै आएकोमा पछिल्लो पटक विभिन्न दातृ निकायको सहयोगमा २०७४ सालमा आफ्नै घर निर्माण गरी सेवा गर्दै आएको सुनाए। मुठी दान र विभिन्न संघसंस्थाको सहयोगमा सञ्चालन गरिदै आएको सहरा घरमा आश्रीत भएकाहरुलाई आवश्यक पर्ने खाद्यान्न, लुगाफाटो लगायतको अभाव भने टर्न नसकेको विष्टले बताए। 

तर बेला बखत खाद्यान्न र लुगाफाटोको अभाव दानदाताबाट आशिंक रुपमा टार्ने गरिएपनि औषधी उपचार गर्न भने च्ुनौतीपूर्ण रहेको उनले जनाए। ‘स्वास्थ्य संस्था टाढा भएका कारण विरामी पर्दा उपचार गराउन लैजान समस्या हुने गरेको छ’ उनले भने, ‘कहिले कही सबै जना एकै पटक विरामी भईदिनुहुन्छ, उहाँहरुलाई नियमित औषधी चलाउन सके सायद अवस्था छिट्टै राम्रो हुन्थ्यो होला, आश्रममै दुईजना नर्स र हेल्थ एसिस्टेन्टको आवश्यकता छ, विरामी पर्दा टीकापुर, धनगढी र नेपालगञ्ज लैजानुपर्ने बाध्यता छ तर एम्बुलेन्सको समस्या छ। ’  

उनले दुःखेसो पोखे। अहिले स्थानीय तह र प्रहरी प्रशासनले समेत सडकमा भेटिएकाहरुलाई आश्रयका लागि सहारा घरलाई सिफारिस गर्दै आएको छ। तर राज्य पक्षबाट खासै सहयोग नपाएको गुनासो गरिएको छ। पछिल्लो समय प्रदेश सरकार, कैलालीका केही स्थानीय निकाय, विभिन्न संघसंस्थाले सहयोग गरेपनि त्यो पर्याप्त हुन सकेको छैन्। 

 
 
 

 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस