कञ्चनपुरबाट झाडी भित्र लुकाइएको अवस्थामा पटाका बरामद
कञ्चनपुर– कञ्चनपुरबाट प्रहरीले झाडीभित्र लुकाइएको अवस्थामा पटाका बरामद गरेको छ।
दोधारा चाँदनी नगरपालिका७ कासिपुरे टोल स्थित सिकेन्दर सुनारको खेतबारीमा २ वटा ठुलो कार्टुनमा झाडीभित्र लुकाई छिपाई ल्याइ राखेको अवस्थामा ३ लाख ३३ हजारको पटाका बरामद गरिएको हो।
इलाका प्रहरी कार्यालय दोधारा चाँदनी कञ्चनपुरबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल बिओपि कञ्चभोजबाट खटिएको सयुक्त टोलीले बिहीबार फेला पारी बरामद गरेको हो।
उक्त पटाका रित पूर्वक बरामद गरी नियन्त्रणमा लिई नष्ट गरिएको प्रहरीले जनाएको छ।