सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनपिएलः चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सको जित

२०८३ कार्तिक १७, ०६:४३ खबर संवाददाता

काठमाडौँः तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सले पाँच विकेटको जित निकालेको छ।

यस प्रतियोगितामा उसको यो दोस्रो जित हो। सुदूरपश्चिमले यसअघि दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई हराएको थियो। सोमवार भएको खेलमा चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १६ दशमलव चार ओभरमा पाँच विकेटको क्षतिमा पूरा ग¥यो।

उसका लागि ब्रेन्डन म्याकमुलेनले २१ बलमा छ चौका र दुई छक्कासहित सर्वाधिक ४३ रनको पारी खेले। यस्तै, ईशान पाण्डेले २१ र विनोद भण्डारीले ११ रन जोडे। अविजित रहेका शेरफन रदरफर्डले २१ र आरिफ शेखले २० रन बनाए।

चितवनका लागि बलिङतर्फ रञ्जित कुमारले चार ओभरमा २८ रन दिएर सर्वाधिक तीन विकेट लिए। यस्तै, मौसम ढकाल र रिजन ढकालले समान एक/एक विकेट लिए। त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको चितवनले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १२९ रन बनायो।

उसका लागि रवि बोपाराले ४० बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ४९ रनको पारी खेले। यस्तै, डेविड मलानले १६, कप्तान सिकन्दर राजा र अर्जुन साउदले समान १५÷१५ तथा विवेककुमार यादवले १७ रन जोडे।

सुदूरपश्चिमका लागि बलिङतर्फ स्कट कुग्लाइनले दुई तथा कप्तान दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले एक÷एक विकेट लिए। सोमवार भएको पहिलो खेलमा कर्णाली याक्सविरुद्ध काठमाण्डु गोर्खाजले चार विकेटको जित दर्ता गरेको थियो।

कमेन्ट लोड गर्नुस