मालिकार्जुन क्रंक्रिट उद्योगले गर्यो कैलारी गाउँपालिकालाई सहयोग
धनगढीः मालिकार्जुन कंक्रिट उद्योग धनगढीले कैलारी गाउँपालिकालाई दुई सेट टेबुल र रिबल्विङ कुर्सी सहयोग गरेको छ ।
गत भदौ २४ गते जेन्जी आन्दोलनकारीले गाउँपालिकाको प्रशासनिक भवनभित्रका सामानमा आगजानी गरेपछि सेवा प्रदान गर्न असहज भएको बेला मालिकार्जुन कंक्रिट उद्योग धनगढीले आइतवार कैलारी गाउँपालिकालाई दुई सेट टेबुल र रिबल्विङ कुर्सी सहयोग गरेको हो।
मालिकार्जुन कंक्रिट उद्योगका प्रतिनिधिले कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरी, उपाध्यक्ष भगवतीकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशी, योजना शाखा प्रमुख सन्तोषकुमार चौधरी, वडा–२ का वडाध्यक्ष विकास चौधरी र ८ नम्बर वडाका अध्यक्ष तारामल कठरियालगायतको उपस्थितिमा उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।
आन्दोलनकारीले कैलारी गाउँपालिकाका सबै शाखाका समान तोडफोडसँगे आगजानी गरेका थिए । कैलारीका वडा कार्यालय भवनमा समेतआगजानी गरिएको थियो ।
आगजानीबाट वडा कार्यालयका प्रशासनिक भवन जलेर ध्वस्त भएपछि वडा कार्यालयबाट प्रदान गरिने सेवा गाउँपालिकाबाट दिन सुरु गरिएको छ ।