चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ३ शव फेला
काठमाडौं: रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र ३ वटा शव फेला परेको छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेताका अनुसार खोजीको क्रममा बुधबार दिउँसो ३ वटा शव फेला परेका हुन् ।
फेला परेका शवमध्ये २ शव उद्धार गरी बाहिर निकालिएको छ भने एक शव बाहिर निकाल्ने कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ ।
गत १० भदौमा आएको भोटेकोशी बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र मान्छे फसेको आशंकामा खोजी तथा उद्धार जारी छ । उक्त बाढीले यहाँका ११ वटा जलविद्युत आयोजनामा क्षति पुर्याएको छ ।