स्टेपिङ स्टोन तेक्वान्डो डोजाङ्गद्वारा जेन्जी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली
धनगढीः भ्रष्टाचारविरुद्ध २०८२ भाद्र २३ र २४ गते नेपालभर आयोजित जेन्जी आन्दोलनका क्रममा प्राण गुमाएका शहीदहरूको सम्झनामा स्टेपिङ्ग स्टोन तेक्वान्डो डोजाङ्गको आयोजनामा शोकसभा सम्पन्न गरिएको छ।
कार्यक्रममा सहभागीहरूले जेन्जी आन्दोलनका शहीदहरूको सम्झनामा मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए। कार्यक्रममा वक्ताहरूले भ्रष्टाचार विरुद्धको संघर्षलाई निरन्तरता दिनु पर्ने र शहीदहरूको बलिदानलाई व्यर्थ जान नदिने प्रतिवद्धता जनाएका थिए।
“यो कार्यक्रम केवल श्रद्धाञ्जली मात्र होइन, भ्रष्टाचारमुक्त समाज निर्माणतर्फको हाम्रो संकल्पको प्रतिक पनि हो। खेलाडी र विद्यार्थी समुदायले पनि अब भ्रष्टाचार विरुद्धको आवाजलाई अझ सबल बनाउनुपर्छ।” सहभागीले भनेको छन्। कार्यक्रममा खेलाडी, अभिभावक, विद्यार्थी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।