सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट साढे १४ लाख बढीको सामान बरामद

२०८२ भदौ १५, ०२:३१ जयन्त सिंह भाट

धनगढीः कैलालीको धनगढीमा साढे १४ लाख बढीको सामान बरामद गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीले अवैध रुपमा भन्सार छली ल्याइएको १४ लाख ६२ हजार ८९६ रुपैयाँ बराबरको सामान बरामद गरेको हो ।

हार्डवेयर, मोबाइल पार्टस र गोरु गाडा बरामद गरेको गरिएको नम्बर ३४ गणले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार धनगढी–१० सिमलघाट इलाकामा शनिबार राति करिब ८ बजे विशेष सूचनाका आधारमा बोर्डर आउट पोष्ट जुगेडाबाट खटिएको टोलीले उक्त सामग्री बरामद गरेको हो।

सशस्त्र प्रहरी नायब निरीक्षक भुवनबहादुर विश्वकर्माको कमाण्डमा खटिएको १४ जनाको टोलीले भारतबाट अवैध रूपमा ल्याई उखुवारीमा राखिएको अवस्थामा सामग्री फेला पारेको बताइएको छ।

बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि आइतबार कैलाली भन्सार कार्यालय, धनगढीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस