सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा निःशुल्क लोकसेवा तयारी कक्षा सुरु

२०८२ भदौ १२, ०७:३२ खबर संवाददाता

धनगढीः नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति कैलाली र धनगढी उप–महानगरपालिका वडा नम्बर-१ को लागत साझेदारीमा सहायक स्तर पाँचौं तह (नायब सुब्बा)को निःशुल्क लोकसेवा तयारी कक्षा २०८२ भाद्र ११ गतेदेखि औपचारिक रूपमा शुभारम्भ भएको छ।

कार्यक्रम नेपाल निजामती कर्मचारी युनियनकी उपाध्यक्ष श्री मिरा पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काज्यू प्रमुख अतिथिका रूपमा रहेका थिए भने धनगढी उपमहानगरपालिका वडा नम्बर–१ का अध्यक्ष सन्तोष मुडभरी विशिष्ट अतिथि रहेका थिए। यस निःशुल्क तयारी कक्षाबाट करिब ५० जना युवायुवतीले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ, जसले उनीहरूको लोकसेवा परीक्षाको तयारीमा सहजता ल्याउने विश्वास लिइएको छ।

कमेन्ट लोड गर्नुस