सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुबाको मुख हेर्ने दिन: जीवित भगवानलाई स्मरण गर्ने क्षण

२०८२ भदौ ७, ०७:०४ खबर संवाददाता

सुदर्शन भट्ट: नेपालमा प्रत्येक वर्ष आषाढ कृष्ण औँसीका दिनलाई बुबाको मुख हेर्ने दिन भनेर मनाइन्छ। यो दिनले हाम्रा जीवनका पहिलो प्रेरणा, मार्गदर्शक र वास्तविक नायक – बुबा – लाई सम्झाउने अवसर दिन्छ।

बुबा शब्द आफैँमा पवित्रता र महानताको प्रतीक हो। बुबाले आफ्ना सन्तानलाई उज्यालो भविष्य दिनका लागि कठोर घाम–पानी सहेर दिनरात परिश्रम गर्नुहुन्छ। आफ्ना आवश्यकता छोडेर, पसिना बगाएर, बाधा–अड्चनसँग जुधेर सन्तानलाई पढ्न, लेख्न र सफल बनाउन निरन्तर लागिरहनुहुन्छ।

धेरैले भगवानलाई मन्दिरमा खोज्छन्, तर साँचोमा जीवित भगवान घरमै हुनुहुन्छ – बुबा। उहाँले देखाएको मार्ग, दिएको शिक्षा, सिकाएको संस्कार नै हाम्रो जीवनको आधार हो।

तर दुःखद पक्ष के छ भने, कतिपयले बुबालाई बुढेसकालमा वृद्धाश्रममा पुर्‍याउँछन्, सामाजिक सञ्जालमा देखावटी पोस्ट गर्छन्। यस्ता क्षणिक प्रदर्शनले वास्तविक सम्मान जनाउन सक्दैन।

बुबाप्रति कृतज्ञता एक दिनको कर्म होइन, जीवनभरको कर्तव्य हो।

त्यसैले, बुबाको मुख हेर्ने दिनलाई मात्रै नभई प्रत्येक दिन उहाँलाई सच्चा सम्मान गर्नुपर्छ। उहाँका उपदेश पालना गर्नुपर्छ, उहाँले देखाएको सत्मार्गमा हिँड्नुपर्छ, उहाँको परिश्रम र त्यागलाई जीवनमा उतार्नुपर्छ।

बुबा हाम्रो स्वास, आस, भरोसा र प्रेरणाका दीपशिखा हुनुहुन्छ।

कमेन्ट लोड गर्नुस