सुदूर नेपाललाई विश्वसँग जोड्दै

सगुना–फाग समेटिएको पुस्तक ‘लोली गौरा’ प्रकाशन

२०८२ भदौ ७, ०७:२५ खबर संवाददाता

कञ्चनपुरः देउडा संस्कृति संरक्षण प्रतिष्ठान जिल्ला शाखा कञ्चनपुरले सुदूरपश्चिम क्षेत्रको महत्त्वपूर्ण पर्व गौरामा गाइने सगुना–फागहरूको संगालो ‘लोली गौरा’ पुस्तक प्रकाशनमा ल्याएको छ।

डडेल्धुरा, बैतडी, दार्चुलालगायतका जिल्लामा गाइने सगुना–फागहरू लोप हुँदै गएकाले बुढापाकाहरूसँग सङ्कलन गरी पुस्तकका रूपमा प्रकाशन गरी प्रतिष्ठानले बजारमा ल्याएको हो। पुस्तकको लेखन तथा संयोजन प्रतिष्ठानका जिल्ला शाखा अध्यक्ष गोदावरी ठगुन्नाले गरेका छन्भने पुस्तकको सम्पादन महेशकुमार जोशीले गरेका छन्। पहिलो चरणमा एक हजारप्रति पुस्तक प्रकाशन गरिएका छन्। “लोली गौरा केवल किताब मात्र नभई हराउँदै गएको संस्कृतिलाई जोगाउने कडीका रूपमा छ”, अध्यक्ष ठगुन्नाले भने। 

कमेन्ट लोड गर्नुस