जवरजस्ती करणी मुद्दामा फरार बेलौरीका एक जना १७ वर्षपछि पक्राउ
कञ्चनपुरः जवरजस्ती करणी मुद्दामा फरार कञ्चनपुरको बेलौरीका एक जना १७ वर्षपछि पक्राउ परेका छन्।
सर्वोच्च अदालत काठमाण्डौ मिति २०६५ जेठ २१ गतेको फैसलाले जवरजस्ती करणी मुद्दामा ६ वर्ष कैद सजाय तोकिएपछि फरार रहेका कञ्चनपुरको बेलौरी नगरपालिका ३ खिरिया बस्ने ६० वर्षीय कृष्ण राज गिरीलाई प्रहरीले पक्राउ गरेको हो। गिरीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।