कञ्चनपुरबाट ७० हजार बराबरको भन्सार छलीका सामान बरामद
२०८२ साउन ३१, ०७:३६
कञ्चनपुरः कञ्चनपुरबाट ७० हजार बराबरको भन्सार छलीका सामान बरामद गरिएको छ।
भीमदत्त नगरपालिका १७ नहर छेउबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ७० हजार बराबरको हार्डवेयर लगायतका सामान अस्थायी प्रहरी पोष्ट मझगाउँ, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।
कमेन्ट लोड गर्नुस