सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली किनारामा फेला परेको शवको नगरपालिकाले अन्तिम संस्कार गर्यो

एआइ प्रविधिबाट निर्मित तस्विर
एआइ प्रविधिबाट निर्मित तस्विर
२०८२ साउन २७, ०७:०० खबर संवाददाता

धनगढी : कञ्चनपुरको महाकाली नदी किनारामा फेला परेको शवको नगरपालिकाले अन्तिम संस्कार गरेको छ।

जिल्लाको दोधारा–चाँदनी नगरपालिका– ४ दारा ताल क्षेत्रमा ३६ वर्षीय पुरुषको शव फेला परेको थियो।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले सडेको अवस्थामा पुरुषको शव महाकाली नदी किनारामा फेला परेको बताएको छ। महाकाली अस्पतालमा शवको पोष्ट माटमपछि दोधारा–चाँदनी नगरपालिकाले पुरुषको शवको अन्तिम संस्कार गरेको प्रहरीले बताएको छ। उनको पहिचान नखुलेकाले नगरपालिकाले सडेको शवको अन्तिम संस्कार गरेको हो।

 

कमेन्ट लोड गर्नुस