सेती प्रादेशिक अस्पताल ४ महिना देखी नेतृत्व विहीन
धनगढीः सेती प्रादेशिक अस्पताल ४ महिना देखी नेतृत्व विहीन छ। निवर्तमान अध्यक्ष निर्माल शाहको कार्यकाल गत चैत ७ गते सकिएको हो।
सुदूरपश्चिम प्रदेशको प्रमुख अस्पतालका रुपमा रहेको सेती प्रदेशिक अस्पताल नेतृत्व विहिन हुँदा नीति निर्माण देखी नयाँ योजना ल्याउन प्रभावित भएको छ। अध्यक्ष नहुदा प्रशासनिक सेवा सञ्चालन भएपनि नीति तथा योजना निर्माण गर्न समस्या भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.हेमराज पाण्डेयले बताएका छन्।
"अध्यक्षले नीतिगत निर्णय तथा विविध समस्या समाधानका लागि समन्वयात्मक भूमिका गर्ने हो, अस्पताल विकास समिति नहुँदा समितिबाट गराउनुपर्ने काम प्रभावित भएका छन्" उनले भने।
नेतृत्व विहीन हुँदा समितिको नियमित बैठक, कर्मचारीको भत्ता र करारका कर्मचारीको म्याद थपका विषयमा समेत अन्यौलता भएको छ।