कञ्चनपुरमा हाइस दुर्घटना हुँदा नौ जना घाइते
कञ्चनपुरः पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर नजिक यात्रुवाहक हाइस (भ्यान) दुर्घटना हुँदा नौ जना घाइते भएका छन्।
सोमवार साँझ महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको बागमती प्रदेश–०१०३२ च ३२४१ नम्बरको हाइस विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई जोगाउने प्रयास गर्दा अनियन्त्रित भई सडक छेउमा पल्टिएको जनाइएको छ।घाइतेहरूको झलारीस्थित टी एन्ड सी अस्पतालमा उपचार भइरहेको र ती मध्ये एक जनाको अवस्था मध्यम रहेको छ। अन्य सामान्य रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतले जानकारी दिए।