सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका उखु किसान आन्दोलित

२०८२ साउन १९, ०२:५९ खबर संवाददाता

कञ्चनपुरः सरकारले उखुमा दिँदै आएको अनुदान रकम कटौती गरेपछि कञ्चनपुरका किसान आन्दोलित बनेका छन्।

कृषि प्रवद्र्धनका लागि सरकारले यअसघि प्रति क्विन्टल ७० रुपैयाँ अनुदान दिँदै आएको थियो। तर,चालू आर्थिक वर्षको बजेटले उक्त अनुदान कटौती गरेपछि उखु उत्पादक किसान आन्दोलित भएका हुन्। आन्दोलनको नेतृत्व गरिरहेको उखु उत्पादक किसान हकहित संरक्षण समितिले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्रसमेत पठाएको छ।

समितिका कोषाध्यक्ष चेतनकुमार राईले उखु किसानमाथि अन्याय भएको भन्दै प्रशासनमार्फत ज्ञापनपत्र पठाएको बताए।
 

कमेन्ट लोड गर्नुस