धनगढीको कपडा बैंकलाइ ३२ थान कपडा सहयोग
२०८२ वैशाख १०, ०१:२०
धनगढीः कैलालीको धनगढीमा रहेको कपडा बैंकलाइ ३२ थान कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका–४ शिवपुरी धाममा रहेको कपडा बैंकलाइ बैतडीको सिगास गाउँपालिका–१ का बिनोदसिंहले मंगलवार ३२ थान कपडा सहयोग गरेका हुन्। धनगढी उपमहानगरपालिका–४ शिवपुरी धाममा रहेको उक्त कपडा बैंक धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल र उनका भाइहरूले आफ्नै लगानीमा सञ्चालनमा ल्याएका हुन्।
कमेन्ट लोड गर्नुस