सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘लोकतन्त्र संस्थागत गर्न महिलाले खेलेको भूमिका महत्वपूर्ण छ’

२०८२ वैशाख ९, ०७:१८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतन्त्र संस्थागत गर्न महिलाले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। नेपाल महिला सङ्घ कैलारी गाउँपालिकाले सोमवार यहाँको भितरियामा आयोजना गरेको कार्यक्रममा उनले सो भूमिकालाई राज्यले उचित सम्मान गरिरहेको बताए। 

मुख्यमन्त्री शाहले प्रदेश सरकारले समावेशी लोकतान्त्रिक शासन व्यवस्थालाई अङ्गिकार गर्दै आफ्ना नीति तथा कार्यक्रम बनाइरहेको उल्लेख गरे। सोही नीतिअनुसार प्रदेश नीति तथा योजना आयोगमा महिलालाई नेतृत्व दिइएको उनको भनाइ थियो। आयोगमा हाल डा जीवन राना उपाध्यक्ष छिन्।

कमेन्ट लोड गर्नुस