सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका हंस र अर्जुनको गोठमा आगलागी

२०८२ वैशाख ६, ०२:०९ खबर संवाददाता

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नाका अर्जुन चौधरीको गोठमा आगो लागेको छ।

उनको गोठमा लागेको आगोले एक बाख्रो जलेको छ। उनको ९६ हजार मूल्य बराबरको क्षति भएको प्रहरीले बताएको छ।

यस्तै, कैलालीको लम्की चुहा नगरपालिका–२ का हंस विकको गोठमासमेत आगो लागेको छ। शुक्रवार राति उनको गोठमा आगो लाग्दा २ बाख्रा मरेका छन्। गोठमा पूर्ण रूपमा क्षति भएको छ। हंसको २ लाख ५० हजार बराबरको क्षति भएको छ। उनको भैँसी पनि घाइते भएको प्रहरीले बताएको छ।

 

कमेन्ट लोड गर्नुस