सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा घरमा रुख ढल्यो, सुतिरहेका बालक सुरक्षित

२०७६ असार २८, ०३:०७ खबर संवाददाता

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडीमा स्थानीयको घरमा रुख ढलेको छ। उत्तरबेहडी स्थित शिवपुरी धाम जाने सडकमा आज दिउँसो स्थानीय सुर बहादुर चौधरीको घरको छतमा सुकेको रुख ढलेको हो। रुखले चौधरीको कच्ची घर भत्कीएपनि मानवीय क्षती भने भएको छैन्। रुख ढलेका बेला घरमा सतिरहेका सुर बहादुरका डेढ वर्षीय नाती स्पर्श सकुशल  रहेका छन् भने ढलेको रुखलाई धनगढी उप–महानगरपालिकाको डोजरले हटाईएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष विजयराज जोशीले ढलेर घरमाथी परेको रुखलाई डोजरको सहायताले हटाईएको जानकारी दिए। उत्तरबेहडीको उक्त सडक क्षेत्रमा वषौँदेखि सयौँ रुख सुकेका भएपनि वनले कटान आदेश नदिदा जोखिम बढ्दै गएको छ।

सामान्य हावाहुरी लागेका बेला समेत रुख घरमाथी ढल्ने खतरा भएपनि सम्बन्धीत निकायले वास्ता नगरेको स्थानीयको आरोप रहेको छ। स्थानीयले समान्य हावाहुरी आएका बेला समेत रुख ढलेर मानवीय क्षती खेप्नुपर्ने भन्दै वन कार्यालयसंग कटान आदेश माग्दा समेत नदिईएको गुनासो गरेका छन्।  

सुकेका रुखका कारण वस्ती जोखिममा परेको भन्दै उत्तरबेहडी सहितका अन्य ठाउँका समेत गरी नौ हजार ६ सय ९७ सुकेका रुख कटानीका लागि भन्दै फाईल वन मन्त्रालयमा पठाईएको डिभिजन वन कार्यालयले धनगढीले जनाएको छ। तर प्रक्रिया भने अगाडी बढ्न सकेको छैन्। 

कमेन्ट लोड गर्नुस