सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एउटै ब्यानरमा एकै दिन ६ कार्यक्रम सम्पन्न

२०७६ असार २७, ०४:२९ खबर संवाददाता

धनगढी–कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ६ ले एकै दिनमा एउटै ब्यानर लगाएर ६ वटा कार्यक्रम सम्पन्न गरेको छ। असारे विकासको चटारो लागेका बेला स्थानीय सरकारलाई अहिले चालु तर्फको बजेट सक्न पनि भ्याईनभ्याई भएपछि एकै दिन एउटै व्यानरमा ६ कार्यक्रम गरिएको हो। ज्येष्ठ नागरिक सम्मान कार्यक्रम, अपाङ्गता भएको व्यक्तिहरुलाई ह्वील चियर वितरण, कृषक समुहलाई तरकारी बिउ वितरण, दुना टपरी मेसिन वितरण, पन्जे बाजा वितरण र भल्मन्साहरुलाई साईकल वितरण कार्यक्रम एकै दिन एउटै कार्यक्रममा सम्पन्न गरिएको हो। 

उक्त कार्यक्रममा ५ जना ज्येष्ठ नागरिक सम्मान, २ जना अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वील चियर वितरण, ८ वटा कृषक समुहलाई तरकारी बिउ वितरण, दर्जी समुदाय समितिलाई एक सेट पन्जे बाजा वितरण, ५ जना भल्मन्सालाई एक–एक साईकल वितरण र ८ वटा कृषक समुहहरुलाई ४ वटा दुना टपरी बनाउने मेसिन वितरण गरीएको हो। वडा अध्यक्ष बिनोद बिश्कर्माले बर्षभरी विभिन्न व्यस्तता भएकाले असार अन्तिममा आएर काम गरेको स्वीकार गरे। 
 

कमेन्ट लोड गर्नुस