सुदूर नेपाललाई विश्वसँग जोड्दै

अविरल वर्षाका कारण दुई जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ असार २७, ०३:१२

भोजपुरमा अविरल वर्षाका कारण घर भत्किँदा र चर्पी बगाउँदा दुई जनाको मृत्यु भएको छ। पहिरोले चर्पी बगाउँदा चर्पीसँगै टेम्केमैयुम गाउँपालिका–९ लेखर्कका जनक विकको मृत्यु भएको छ भने, रामप्रसाद राई गाउँपालिका–७ बासिखोराका ६६ वर्षीय जगतबहादुर राईको घरको चुलि ग्राह्रो भत्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक पाण्डव राजवंशीले जानकारी दिए।

उनका अनुसार घरको पिँढीमा सुतिरहेका अवस्थामा जगतबहादुर राईको फुसको छानोले बनेको एक तले घरको चुली गाह्रो भत्किएको हो। घरका अन्य सदस्य घर बाहिर रहेकाले उनीहरु सुरक्षित रहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस