सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका अधिकासं नदीहरुमा पूर्व सूचना प्रणाली लागु नहुँदा क्षती न्यूनीकरणमा चुनौती

२०७६ असार २६, ०६:४४ रोशन भट्ट

कैलालीमा अधिकासं नदीहरुमा पूर्व सूचना प्रणाली लागु नहुँदा वाढीले पुगाउने क्षती न्यूनीकरणमा चुनौती बढ्दै गएको छ। जिल्लाका ठुला नदीमा प्रविधिमा आधारित पूर्व सूचना प्रणाली लागु भएपनि बस्ती हुदै बग्ने स–साना नदीहरुमा उक्त प्रणाली लागु नहुँदा बर्षातमा हुने क्षती न्यूनीकरणमा चुनौती बढ्दै गएको हो। 
कैलालीको मोहना र कर्णाली नदीमा स्वचालित यन्त्र सहितको पूर्व सूचना प्रणाली लागु भएपनी अन्य नदीमा भने  अवलोकनकर्ताले स्केलले नापेर पानीको सतह मापन गरिदै आएको छ। प्रविधिमा आधारित पूर्व सूचना प्रणाली लागु नहुदा आँखाले अनुमान गरेर पानीको सतह मापन गर्नुपर्ने बाध्यता रहेको छ। स्वचालित यन्त्र अभावमा नदीमा पानीको सतह मापनका लागि मापनकर्ता त राखिएको छ उनीहरुसंग आवश्यक प्रविधि नहुदा समस्या भईरहेको जिल्ला आपत्तकालिन कार्य संञ्चालन केन्द्र कैलालीका सूचना व्यवस्थापन अधिकृत चेतन खड्काले बताए। 

‘कर्णाली, मोहना र कुमैना बोहक कान्द्रा, पथरिया, गौरिगंगा, शिवगंगा, खुटिया लगायतका अन्य साना नदीहरुमा वर्षातमा आउने बाढिले वर्षेनी ठुलो क्षती गर्दै आएको छ,’ उनले भने, ‘मानव वस्तीको बिचबाट भएर बग्ने साना नदीहरुले वर्षेनी धार समेत परिवर्तन गर्दा आसपासका बासिन्दा प्रभावित हुँदै आएका छन्।’ 
साना नदीहरुमा तटबन्ध पनि नगरिएको कारण धार परिवर्तन गर्ने सम्भावना पनि बढि हुने गर्दछ। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज वोहराका अनुसार जिल्लामा साना र ठुला समेत गरेर ११ नदी रहेकोमा अहिले सम्म कर्णाली र मोहना नदीमा मात्र टेलिमेट्रिक स्टेशन अर्थात स्वचालित यन्त्र राखिएको छ। अन्य ९ ओटा नदीमा गृडरिडर अर्थात पानीको सतह मापन गर्ने अवलोकनकर्ता मात्र राखिएका उनले बताए। 

जल तथा मोसम पुर्वानुमान महाशाखाले जिल्लाका ९ ओटा नदीमा पनि टेलिमेट्रिक स्टेशन अर्थात स्वचालित यन्त्र राख्न अध्ययन गरेको थियो तर अहिले सम्म प्रतिवेदन सार्वजनिक गरिएको छैन्। कैलालीमा कर्णाली नदीको प्रभावित क्षेत्र टिकापुरको दक्षिण भाग, भजनी लगायको क्षेत्रलाई मानीएको छ भने मोहना नदीको मालाखेतीबाट प्रभावित हुने क्षेत्र धनगढी र कैलारी गाउपालिका हो। कान्द्रा, खुटिया र शिवगंगा नदीमा मात्र टेलिमेट्रिक स्टेशन अर्थात स्वचालित यन्त्र राख्न सके बाढीले पुगाउने क्षती न्यूनीकरणमा सहज हुने थियो।   

 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस