सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट झन्डै ४ लाखका सामान बरामद

२०८१ चैत्र ५, ०७:३३ खबर संवाददाता

धनगढीः कैलालीबाट झन्डै ४ लाखका भन्सार छलीका सामान बरामद गरिएको छ।

गोदावरी नगरपालिका–४ वनदेबि मन्दिर नजिक, टीकापुर नगरपालिका–७ नारायणपुर र भजनी नगरपालिका–३ काँडाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३ लाख ९६ हजार ८७० बराबरको भन्सार छलीका सामान बरामद गरिएको हो।  

भन्सार छलीको प्याज, चिनी, बिडी, सुर्ती, महिला÷परुषको कपडा, चियापत्ती, पेय पदार्थ, खुर्सानी, तरकारी, मोटरसाइकलको ब्यारिङ, भारतिय नम्बरको मोटरसाइकल लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस