सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा डेढलाख बढीको भन्सार छलीका सामान बरामद

२०८१ चैत्र ४, ०५:३७ खबर संवाददाता

धनगढीः कैलालीमा डेढलाख बढीको भन्सार छलीका सामान बरामद गरिएको छ।

 जिल्लाको गोदावरी नगरपालिका–४ बनदेवी मन्दिर नजिक सडक किनाराबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको हो। सो क्षेत्रबाट भन्सार छलीका कुर्ता, टाउजर, सुर्ति, बिडि, आन्टी, टिकटक बनाउन प्रयोग गरिने मेसिन लगायतका सामान गरि करिब १ लाख ५७ हजार ६०० मुल्य बराबरका बरामद गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस