सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार?

२०८१ फाल्गुन १४, १०:५२ खबर संवाददाता

काठमाडौँ: नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको हो।

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७१ हजार ३०० रुपैयाँ थियो। बुधबार भने घटेर तोलामा १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको हो। यस्तै चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको हो। 
 

कमेन्ट लोड गर्नुस