सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार 

२०८१ फाल्गुन १२, ११:२३

काठमाडौंः सोमबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो। आइतवार प्रतितोला एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ७० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। त्यसतै, आज चाँदीको मूल्य पनि बढेको छ।

आइतवार प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा १५ रुपैयाँले बढेर एक हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ

 

कमेन्ट लोड गर्नुस